८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भए’ : शाही

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा धारणा राख्दै बस्नेतले ठेक्का प्रक्रिया सुरु भइसकेपछि संशोधन भएका ऐन तथा नियमावलीका कारण पुरानो ठेक्का रद्द गर्न मिल्ने वा नमिल्ने विषयमा स्पष्ट कानूनी आधार प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।

उनले दुई, तीन वा पाँच वर्षसम्म सञ्चालन हुने बहुवर्षीय आयोजनामा कार्यान्वयनकै क्रममा ऐन तथा नियमावली संशोधन हुनसक्ने भन्दै त्यसकै आधारमा पुराना ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानु कति जायज हुन्छ भन्ने विषयमा तथ्य र तथ्यांकसहित जवाफ दिनुपर्ने बताए ।

शाहीले ठेक्का रद्द गर्नुको कारण नियमावली संशोधन मात्रै हो वा सार्वजनिक खरिद ऐनअनुसार टेण्डर प्रक्रियामा कुनै त्रुटि भएको हो भन्ने विषय पनि स्पष्ट पार्नुपर्ने बताए । प्राविधिक रूपमा छनोट भइसकेका कम्पनीको आर्थिक प्रस्ताव नखोल्दै ठेक्का रद्द गरिएको विषयमा समेत सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो । ठेक्का रद्द गर्दा राज्यको सार्वजनिक कोषमा पर्ने आर्थिक भार, आयोजनाको लागत र समयावधिमा हुने वृद्धि तथा निर्माण कम्पनीसँगको सम्झौता भङ्ग भएपछि उत्पन्न हुने आर्थिक दायित्वबारे पनि समीक्षा गर्नुपर्ने उनले बताए ।

विशेष गरी यसअघि पटेल-रमण जेभीसँग भएको सम्झौता भंग भएपछि त्यससँग सम्बन्धित क्षतिपूर्ति, आर्थिक दायित्व असुलउपर तथा बैंक ग्यारेन्टीसम्बन्धी विषयमा स्पष्ट जानकारी आवश्यक रहेको उनको भनाइ छ । उनले ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तक्षेप भएको भन्ने विषयसमेत उठेकाले त्यसको वास्तविकता र कारणबारे सम्बन्धित निकायले प्रस्ट पार्नुपर्ने बताए ।

शाहीले भने,‘यो ठेक्का प्रक्रिया सुरु भइसकेको अवस्थामा पछि संशोधन हुने ऐन तथा नियमावलीले उक्त आयोजनालाई प्रभाव पार्छ कि पार्दैन भन्ने विषय एउटा महत्वपूर्ण कानुनी प्रश्न हो । यस विषयमा स्पष्ट हुन आवश्यक छ । त्यसैले नियमावली संशोधन भएको कारण देखाउँदै ठेक्का रद्द गरिएको भन्ने तपाईँहरूको तर्क कानूनी रूपमा कति बलियो छ भन्नेबारे थप जानकारी दिनुपर्ने देखिन्छ । यदि नियमावली संशोधन हुँदैमा पुराना ठेक्का रद्द गर्नुपर्ने हो भने दुई, तीन वा पाँच वर्षसम्म सञ्चालन हुने बहुवर्षीय आयोजनाहरूको अवस्था के हुन्छ ? आयोजना सञ्चालन भइरहेका बेला ऐन तथा नियमावली संशोधन हुन सक्छन् । त्यसो हुँदैमा पुराना ठेक्का रद्द गरेर पुनः नयाँ प्रक्रियामा जानु कति जायज र सान्दर्भिक हुन्छ भन्ने विषयमा तथ्य र तथ्यांकसहित जवाफ आवश्यक छ । अहिले तपाईँहरूले दिनुभएको जवाफबाट हामी पूर्ण रूपमा विश्वस्त हुन सक्ने अवस्था देखिँदैन । त्यसैले यसमा अन्य प्राविधिक वा प्रक्रियागत कारणहरू पनि थिए कि भन्ने विषय स्पष्ट हुनुपर्छ । सार्वजनिक खरिद ऐनअनुसार टेण्डर प्रक्रियामै कुनै त्रुटि थियो वा प्रक्रिया नमिलेको थियो भने त्यो पनि खुलाउनुपर्छ । यस्ता कारणले विगतमा पनि धेरै ठेक्का प्रक्रिया रद्द भएका छन् । त्यसैले यस आयोजनाको ठेक्का रद्द गर्नुको वास्तविक कारण स्पष्ट पार्न आवश्यक छ । अर्को महत्वपूर्ण कुरा, प्राविधिक रूपमा छनोट भइसकेका कम्पनीहरूको आर्थिक प्रस्ताव नखोल्दै ठेक्का रद्द गरिएको छ । यसरी निर्माण तथा खरिद प्रक्रिया रद्द गर्दा आयोजनाको लागत र समयावधिमा पर्ने असर तथा राज्यको सार्वजनिक कोषमा हुने क्षति एउटा पक्ष हो ।’

उनले ठेक्का रद्द हुँदा हुने प्रत्यक्ष आर्थिक नोक्सानीको मात्र हिसाब गरेर नपुग्ने भन्दै आयोजना जुन उद्देश्यले निर्माण गर्न लागिएको हो, त्यो उद्देश्य पूरा हुन नसक्दा राज्य र जनताले व्यहोर्नुपर्ने समग्र क्षतिको समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्।

0 Comments