काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कर्णालीको यो पहिलो हार हो ।
१८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । राशिद खानले अर्धशतक बनाउँदै ५० रन जोडे । करण केसीले ४४, आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रन जोडे । जहानदाद खानले अविजित २२ रनको योगदान दिए ।
काठमान्डुले अतिरिक्त १० रन पायो । बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई-दुई तथा नन्दन यादव र मार्क वाटले एक-एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोड्यो ।
अरिफुल इस्लामले ४४ रन जोडे । २१ बल खेलेका उनले ५ चौका र तीन छक्का प्रहार गरे । यस्तै हुसैन तलतले ४० रन बनाए ।
अन्तिमतिर ब्याटिङमा आएका गुलशन झाले ११ बलमा २० रन जोडे । पवन सर्राफ ३० बलमा नटआउट रहे । मार्क वाटले १७ रन जोडे । कर्णालीले अतिरिक्त १३ रन पायो । बलिङतर्फ काठमान्डुका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक-एक विकेट लिए ।




