१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० वर्षे वृद्धको सुपारी खेती

अ अ+ अ-

 सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।

लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्ग्याइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुर्ख्यौली रूपमा खेती किसानी गर्दै आएका कार्कीले १५ वर्षअघि रहरले सुरु गरेको सुपारी खेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।

पुर्ख्यौली घर तेह्रथुम भए पनि उनको परिवार बसाइँ सरेर सुनसरी आएको थियो । उनले धरानमा प्रवेशिकासम्मको अध्ययन गरेका थिए । ‘लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन । खेती किसानी गरियो, धान, मकै लगाइयो’, कार्कीले भने ।

झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारी खेती देखेपछि आफूलाई पनि रहर जागेको उनले बताए । ‘त्यहाँ काकाको सुपारी खेती देखे । अन्य किसानले गरेको खेती देखेर प्रेरित भए’, उनले भने । आजभन्दा १५ वर्षअघि १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेँ । चार, पाँच वर्षपछि फल्न थाल्यो । त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै गएँ र खेती विस्तार गरेँ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन् । सुरुमा रोपिएका बिरुवाले हरेक वर्ष फल दिँदै आएको छ भने बाँकी बिरुवा हुर्किरहेका छन् । सुरुमा रोपिएका बिरुवाबाट हाल उनले वार्षिक एक लाख रुपैयाँभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आएका छन् ।

‘यहाँका सबै बिरुवाले एक, दुई वर्षभित्र फल दिन थाल्छ । रहर लागेर सुरु गरेको व्यवसाय राम्रो भएको छ । खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ’, उनले भने । सुनसरीमा पनि सुपारी खेती हुन्छ भन्ने धेरैलाई जानकारी छैन । पानी नजम्ने जमिन भए जुनसुकै ठाउँमा पनि सुपारी खेती गर्न सकिने उनी बताउँछन् । सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उनको भनाइ छ ।

हरेक वर्ष व्यापारी आफैँ बगानमै आएर बारी ठेक्कामा लिन्छन् र सुपारी पाकेपछि आफैँ आएर टिपेर लैजान्छन् । कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी ७० रुपैयाँका दरले थोरै थोरै बिक्री गर्छु । ‘प्राय: व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्’, उनले भने ।

सुपारी खेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उनको अनुभव छ । वर्षमा एकपटक मल लगाउनुपर्छ । सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उनी बताउँछन् । चुन र मललगायत खेतीमा वार्षिक करिब २० हजार रुपैयाँ खर्च हुने गरेको कार्कीले बताए ।

धान र मकै खेतीको तुलनामा सुपारी खेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । ‘एक बिघामा धान खेती गर्दा धेरै दुःख गरेर पनि रु एक लाख आम्दानी गर्न सकिँदैन । सुपारी खेतीबाट भने राम्रो आम्दानी हुन्छ’, उनले भने ।

उनले बगानको रेखदेखका लागि तलब दिएर एक जना कामदार राखेका छन् । बाँकी काम भने उनी आफैँ र श्रीमती डम्बरकुमारी कार्कीले सहायता गर्छिन् । सुपारी खेतीमा भैँसीको गोबरसँगै डीएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए । यो खेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवा यसमा लाग्दा झनै राम्रो हुने सुझाव दिनुहुन्छ ।

‘व्यवसाय गर्न चाहने युवाले सुपारी खेती गर्दा हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ । धेरै मेहनत पनि गर्नुपर्दैन’, उनले भने । कार्कीलाई आफ्नो बगानमा काम गर्न उत्तिकै जाँगर चल्छ । सुपारी खेती आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधार बनेको उनको भनाइ छ । ‘साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ’, उनले भने ।

0 Comments