काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौँका भित्री गल्लीमा ‘सुकुन्दा र्याली’ आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४:०० बजे काठमाडौँको लगनटोलबाट र्याली सुरु हुनेछ । उक्त र्याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक, न्युरोड गेट हुँदै तेबहालसम्म हुने सभापति वैद्यले बताए ।
काँग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रममा उपस्थितिका लागि महानगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निमन्त्रणा गरेको छ । सभापति वैद्यले उक्त र्यालीले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।




