१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै काँग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । 

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्रीलाई किस्ताबन्दीमा सार्वजनिक गर्नुले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन्। 

उनले सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने भन्ने कुरा सरकारकै प्रभावमा हुनसक्ने भन्दै यस्ता सामग्रीका आधारमा पार्टी नेतृत्वमाथि आरोप लगाउनु उचित नभएको जिकिर गरे। 

उनले काँग्रेसमाथि लगाइएका आरोप र सार्वजनिक भइरहेका कथित अडियो तथा बयानहरू निराधार, कपोलकल्पित र नियोजित भएको दाबी गरे। 

यस्ता गतिविधिपछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समय क्रममा थप उजागर हुँदै जाने उनको भनाइ छ । शर्माले काँग्रेसमाथि उठेका प्रश्नबाट पार्टी नभाग्ने स्पष्ट पार्दै सबै घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरे। 

शर्माले भने, ‘असम्बन्धित व्यक्ति, कहिल्यै उठबसै नभएको व्यक्ति, जो आज सरकारको नियन्त्रणमा छ, के रेकर्ड गराउने, कति गराउने सरकारको हातमा छ । अनि सरकार किस्ता–किस्तामा अनेक चिजहरू बाहिर लिएर आइरहेको छ र हाम्रो नेतृत्वलाई बदनाम गर्ने प्रयास गरिरहेको छ । नेपाली काँग्रेस आफूमाथि उठ्ने, आफ्नो नेतृत्वको बारेमा उठ्ने प्रत्येक प्रश्नहरूलाई सामना गर्न र जस्तोसुकै छानबिन गर्नका लागि तयार छ ।’

उनका अनुसार पार्टीले विशेष बैठक बसेर पछिल्लो समय उठेका सबै प्रसंगको निष्पक्ष छानबिनको माग गर्ने निर्णय गरेको छ । शर्माले काँग्रेसको वैधानिकता र नेतृत्वमाथि उठाइएका प्रश्नहरूको निरूपण राजनीतिक आरोप–प्रत्यारोपबाट नभई निष्पक्ष अनुसन्धानबाट हुनुपर्नेमा जोड दिएका छन्। 

0 Comments