१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी छाडेर फूल खेतीमा रमाउँदै कमला

अ अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ । 

सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन् । पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन् । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन् । 

नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारी खेती छाडेर फूल खेती सुरु गरेकी हुन् । भाडामा लिएको दुई रोपनी जग्गामा तीन वटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन् । 

“लामो समयदेखि तरकारी खेती गर्दै आएकी थिएँ । तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूल खेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूल खेतीबाट घर खर्च राम्रै चलेको छ,” थापाले भनिन्, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ ।”

उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ ।

बागलुङमा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ । उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन् ।

हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छन् । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ । तरकारी खेतीबाट फूल खेतीमा लागेकी थापाका लागि फूल खेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ ।

0 Comments