काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ ।





