२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा, मंसिर १० गते प्रस्तुतीकरण

अ अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्ति प्रक्रियाअन्तर्गत १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले आवेदन दिएका उम्मेदवारको मूल्यांकनपछि शुक्रबार संक्षिप्त सूची सार्वजनिक गरेको हो।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई अर्को चरणका लागि छनोट गरिएको उपसमितिको सूचनामा उल्लेख छ।

संक्षिप्त सूचीमा आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौँ), राजाराम केसी (काठमाडौँ) र रामचन्द्र सेढाईं (गोरखा) परेका छन्।

त्यसैगरी रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोषविक्रम थापा (काठमाडौँ), सुरेशसिंह बुडाल (बैतडी) र हिकमतसिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा समावेश भएका छन्।

छनोट उपसमितिले उम्मेदवारहरूको नाम योग्यताक्रमका आधारमा नभई वर्णानुक्रमअनुसार सार्वजनिक गरेको जनाएको छ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको छ। उनीहरूले शैक्षिक योग्यता तथा कार्यानुभवका सक्कल प्रमाणपत्रसहित उपस्थित भएर प्रस्तुतीकरण दिनुपर्नेछ।

बोर्डले गत भदौमा कार्यकारी प्रमुख नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि ४२ जनाको आवेदन परेको विवरण यसअघि सार्वजनिक भएको थियो। 

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार कार्यकारी प्रमुखका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव भएको व्यक्ति योग्य मानिन्छ। बोर्डको कार्यकारी प्रमुखको पदावधि चार वर्ष रहने कानुनी व्यवस्था छ। 

अब संक्षिप्त सूचीमा परेका उम्मेदवारको प्रस्तुतीकरण तथा बाँकी छनोट प्रक्रिया पूरा गरी बोर्डको नयाँ कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गरिनेछ।

0 Comments