२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शून्य भन्सार नीतिपछि चिनियाँ बजारमा अफ्रिकी मुलुकको चासो बढ्दै

अ अ+ अ-

काठमाडौँ । चीनले ५३ अफ्रिकी मुलुकका लागि लागू गरेको शून्य भन्सार नीतिपछि चिनियाँ बजारमा आफ्नो उत्पादनको पहुँच विस्तार गर्न अफ्रिकी प्रतिनिधिहरूले चासो देखाएका छन् । मे १ देखि कार्यान्वयनमा आएको उक्त नीतिले चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेका ५३ अफ्रिकी मुलुकका उत्पादनलाई भन्साररहित रूपमा चिनियाँ बजारमा प्रवेश गर्ने अवसर प्रदान गरेको छ । 

नीति कार्यान्वयनपछि पहिलो पटक आयोजना भएको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) मा सहभागी अफ्रिकी प्रतिनिधिहरूले नयाँ अवसरको सदुपयोग गर्दै आफ्ना उत्पादनको प्रवर्द्धनमा जोड दिएका छन् । 

चीनका लागि मौरिससका दूतावासका मन्त्री सल्लाहकार अश्विन कुमार रुहीले चिनियाँ बजारमा आफ्ना उत्पादन प्रवर्द्धन गर्न आफूहरू उपयुक्त समयमा आएको बताए । चीनको ठूलो बजारमा सानो हिस्सा प्राप्त गर्नसके पनि त्यसले अफ्रिकी उत्पादकका लागि ठूलो अवसर सिर्जना गर्ने उनको भनाइ छ । 

शून्य भन्सार नीतिले अफ्रिकी उत्पादक तथा कम्पनीहरूलाई चिनियाँ बजारको माग र अपेक्षाअनुसार उत्पादन क्षमता बढाउन प्रोत्साहन गर्ने उनले बताए । यसका लागि चिनियाँ कम्पनीहरूसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले यसबाट दुवै पक्षलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, चीनका लागि इथियोपियाली दूतावासकी कार्यवाहक प्रमुख अजिजा गेलेटा डेसालेग्नले शून्य भन्सार नीतिले अफ्रिकी कम्पनीहरूलाई चिनियाँ बजारमा प्रवेश गर्न सहज बनाएको बताइन् ।

 यसले निर्यातकर्ता तथा किसानहरूलाई समेत चीनलाई ठूलो बजारका रूपमा हेर्न प्रेरित गरेको उनको भनाइ छ । सेसेल्सको व्यापार विभागका महानिर्देशक रिकी बार्बेले पनि नयाँ नीतिले निर्यात लागत घटाउने बताए । चीनको विशाल बजारले अफ्रिकी उत्पादकहरूलाई आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन र व्यापार विस्तारका लागि ठूलो सम्भावना प्रदान गरेको उनले उल्लेख गरे । 

अफ्रिकी प्रतिनिधिहरूले शून्य भन्सार नीतिलाई चीन र अफ्रिकाबीचको व्यापारिक सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

0 Comments