काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान ८:५५ बजे आगलागी भएको हो ।
बारमा लागेको आगलागी नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मीले प्रयास जारी राखेका छन्। आगलागीका कारण मानवीय क्षति भएको छैन ।





