२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

अ अ+ अ-

क्राको (पोल्याण्ड)। पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए ।

पोल्याण्डका रक्षामन्त्रीले ‘आतंकवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको हो । आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका थिए । प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन् ।

गृहमन्त्री मार्सिन किएरविन्स्कीले आक्रमणकारी अत्यन्त कट्टर र अति–राष्ट्रवादी विचार राख्ने व्यक्ति भएको बताए। “सबै कुराले उनी अति–दक्षिणपन्थी विचारधाराबाट प्रभावित थिए भन्ने देखाउँछ,” उनले पत्रकार सम्मेलनमा भने । 

प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमण भएको केही घण्टापछि आक्रमणकारीको घरबाट उनका तीन जना नजिकका नातेदारको शव फेला परेको जानकारी दिए। ती शव ओस्ट्रोभिएच स्विएन्तोक्रिज्स्की सहरस्थित घरमा भेटिएका थिए । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

क्राकोमा भएको आक्रमणमा चार महिला र दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा तीन जना पोलिश र एक जना बेलायती नागरिक रहेको अधिकारीहरूले बताएका छन् । अन्य दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

घाइतेमध्ये १३ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । आक्रमणकारीको पनि शल्यक्रिया गरिएको छ । घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको प्रहरी कमाण्डर मारेक बोरोनले बताए। दुई प्रहरी अधिकारीसमेत गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रवक्ता कातारजिना सिस्लोका अनुसार, आक्रमणकारीले सैनिक पोसाकजस्तो कपडा र बुलेटप्रुफ भेस्ट लगाएका थिए । उनको गाडीबाट थप हतियार र गोलीगठ्ठा बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा उनी एक्लैले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोमा मानिसहरू चोकबाट भाग्दै गरेको र उद्धारकर्मीले घाइतेको उद्धार गरिरहेको देखिन्छ ।

क्राकोका मेयर लुकास गिबालाले बुधबारसम्म सहरमा आधिकारिक शोक मनाइने घोषणा गरेका छन् । घटनापछि राजधानी वार्साका मेयर राफाल ट्रास्काओस्कीले पुरानो सहरका मुख्य सडकमा अवरोधक राख्नेलगायत सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । 

हेगस्थित अन्तरराष्ट्रिय आतंकवादविरोधी केन्द्रका अनुसन्धानकर्ता कास्पर रेकावेकले आक्रमणकारीको स्वरूप र हतियार युरोपका अन्य अति–दक्षिणपन्थी एकल आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको बताए। उनका अनुसार पोल्याण्डमा यस्ता आक्रमणका प्रयास यसअघि पनि भएका थिए । पोल्याण्डमा सामूहिक गोलीकाण्ड दुर्लभ मानिन्छ ।

0 Comments