२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

अ अ+ अ-

काठमाडौँ । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन् । 

महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ ।

भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुर्ख्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन् । उनले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गरेकी छन् । तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने काम निकै झन्झटिलो हुने उनी बताउँछिन् ।

फूल बिक्रीका लागि केही व्यापारी घरमै लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ । त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बिक्री गर्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उनले बताइन्।

“लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौँ,” उनले भनिन्, “कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा वर्षेनी फूल बेच्न जान्छौँ ।”

यस वर्ष अत्यधिक वर्षा भएका कारण फूल उत्पादनमा कमी आएको बनमालाले बताइन् । सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार मखमली फूलका माला उत्पादन हुने गरेकामा यस वर्ष जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उनको भनाइ छ । उत्पादन घटेकै कारण यस वर्ष फूलको मूल्य बढेको उनले बताइन् । बनमालाका अनुसार अहिले मखमली फूलको एउटा मालाको थोक मूल्य रु. ४० रहेको छ ।

तालथीकै अर्का फूल किसान शिवकेशरी बनमालाले यस वर्ष तीन रोपनीमा मखमली र सात रोपनी भाडाको जग्गामा सयपत्री फूलखेती गरेकी छन्। विगतमा मखमली फूलखेतीबाट अपेक्षित नाफा नभएपछि सयपत्री फूलको बढ्दो मागलाई ध्यानमा राखेर पहिलो पटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेको उनले बताइन् ।

सयपत्री फूल प्रतिकिलो रु पाँच सयमा बिक्री भइरहेको जानकारी दिँदै बनमालाले यस वर्षको खेतीबाट मनग्य आम्दानी भए अर्को वर्ष पनि खेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । मखमली फूल भदौ महिनादेखि टिप्न सुरु गर्ने र त्यही समयदेखि माला उन्ने काम पनि थाल्ने उनले बताइन्।

फूलखेती गर्न उत्तिकै गाह्रो
फूलखेती गर्ने किसानका लागि बजार व्यवस्थापन मात्रै चुनौती होइन । धानखेतीमा भन्दा पनि बढी स्याहार र मेहनत गर्नुपर्ने किसानहरू बताउँछन् । बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म विभिन्न रोग तथा किराको प्रकोपबाट जोगाउनुपर्ने भएकाले विषादी र अन्य कृषि सामग्रीमा समेत लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ ।

फूलको राम्रो रङ र गुणस्तर कायम राख्न पटक पटक औषधि छर्कनुपर्ने तथा फूल टिपिसकेपछि बिरुवामा मल र पोषण थप्नुपर्ने भएकाले पछिल्लो समय फूलखेती झन् कठिन बन्दै गएको किसान शिवलक्ष्मी बताउँछिन् । उत्पादनका लागि गर्नुपर्ने मेहनत, बढ्दो लागत र बजारमा उचित मूल्य नपाउने समस्याले फूल किसानको दुःख कम नभएको उनीहरूको अनुभव छ ।

फूलका लागि भक्तपुरका ताथली र गुण्डू प्रख्यात छन् । यी दुई वडामा धेरै फूल खेती हुने गर्दछ । ताथली चाँंगुनारायण नगरपालिका-९ मा पर्दछ भने गुण्डू सूर्यविनायक नगरपालिका-७ मा पर्छ । प्रत्येक वर्ष यहाँंका सयौँ किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।  

0 Comments