काठमाडौँ । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन-मलेखु सडक खण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छा कामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहानैदेखि रोकिएको सवारी साधन नौ घण्टादेखि दुईतर्फी सञ्चालनमा आएको छ ।





