२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा जलाउने दुवै जनताका शत्रु हुन्’ : प्रेम सुवाल

पुराना राजनीतिक दलमाथि भ्रष्टाचार र नयाँ राजनीतिक शक्तिमाथि हिंसात्मक गतिविधिलाई प्रश्रय दिएको आरोप लगाउँदै सुवालले भ्रष्टाचार नियन्त्रणको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्ने बताएका छन्।

अ अ+ अ-

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका पूर्वसदस्य प्रेम सुवालले भ्रष्टाचारमार्फत राज्यलाई कमजोर बनाउने र आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रवृत्ति दुवै देशका लागि हानिकारक भएको बताएका छन्।

नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्‍यालीलाई सम्बोधन गर्दै सुवालले पुराना तथा नयाँ राजनीतिक शक्तिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

उनले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीसहितका पुराना दलमाथि भ्रष्टाचारका माध्यमबाट मुलुकलाई कमजोर बनाएको आरोप लगाए। त्यस्तै, नयाँ राजनीतिक शक्तिहरूलाई भदौ २३ र २४ गतेका घटनामा भएका आगजनी तथा विध्वंससँग जोड्दै उनले त्यस्ता गतिविधिबाट देशको विकास सम्भव नहुने दाबी गरे।

सुवालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्व स्वयं जवाफदेही हुनुपर्नेमा जोड दिए। सुशासन कायम गर्ने प्रतिबद्धता सरकारको नेतृत्वबाटै व्यवहारमा लागू हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीबाटै भ्रष्टाचार नियन्त्रणको सुरुवात गर्नुपर्ने धारणा राखे।

भ्रष्टाचारको जालो उच्च राजनीतिक तहसम्म फैलिएको दाबी गर्दै उनले करिब १७ वर्षअघि भक्तपुर मालपोत कार्यालयमा भएको एउटा प्रसङ्गसमेत सुनाए। तत्कालीन मन्त्रीको निरीक्षणका क्रममा कार्यालयका प्रमुखले घुसको रकम प्रधानमन्त्रीसम्म पुग्ने गरेको बताएको दाबी उनले गरे। यद्यपि उक्त घटनाको स्वतन्त्र पुष्टि भएको छैन।

राजनीतिक दलहरूबीच सत्तास्वार्थका विषयमा सहकार्य हुने तर राष्ट्रिय सरोकारका मुद्दामा पर्याप्त आवाज नउठ्ने गरेको उनको आरोप थियो। सीमा अतिक्रमण र भ्रष्टाचारजस्ता विषयमा प्रमुख राजनीतिक दलहरूको भूमिकाप्रति प्रश्न उठाउँदै उनले राजनीतिक नेतृत्वले जनताको हितलाई प्राथमिकता दिनुपर्ने बताए।

आफ्नो पार्टीको चुनावी परिणामबारे टिप्पणी गर्दै सुवालले नेपाल मजदुर किसान पार्टीको पराजयलाई जनताको हितमा उठाइएका मुद्दाहरू कमजोर हुने अवस्थासँग जोडे। उनले पार्टीले राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार नियन्त्रण र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको दाबी गरे।

नेपाल भाषा साहित्य त:मुंज्या तथा सांस्कृतिक भिन्तुना र्‍याली आयोजक समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक समूहको सहभागिता थियो। भक्तपुरको सूर्यमढी र टौमढीबाट सुरु भएको र्‍यालीमा परम्परागत बाजागाजासहित ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए।

0 Comments