२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्’ : अध्यक्ष दाहाल

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन् ।  

तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उनले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गरेका छन् । 

नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताएका छन् । 

प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पर्व भएको जनाउँदै उनले काग, कुकुर, गाई र गोरूलाई पुज्नेदेखि भाइटीकाका माध्यमबाट विभिन्न प्राणीप्रति सम्मान, कृतज्ञता, प्रेम र पारिवारिक सम्बन्धको महत्त्वलाई यस पर्वले आत्मसात् गरेको बताएका छन् । 

दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने भन्दै उनले देउसीभैलो, दीप प्रज्वलन र आपसी सद्भावले हाम्रो सामाजिक तथा सांस्कृतिक एकतालाई थप बलियो बनाउने उल्लेख गरेका छन् । 

अध्यक्ष दाहालले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् । 

0 Comments