काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको प्रतीकका रूपमा रहेको भाइटिका पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
भाइटिकाका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री गुरुङले सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन्।
उनले भाइटिकालाई दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको पर्वका रूपमा उल्लेख गरेका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिदीबहिनी र दाजुभाइको अटुट प्रेम र आपसी विश्वासको पर्व भाइटिकाको सबैमा हार्दिक मङ्गलमय शुभकामना !’
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन मनाइने भाइटिकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ। यस पर्वलाई पारिवारिक सम्बन्ध, आत्मीयता र आपसी सद्भावको प्रतीकका रूपमा लिइन्छ।





