२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

अ अ+ अ-

काठमाडौँ । बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्म: नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्वसूचना प्रणालीको पहुँच, प्रविधि, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारी अघि बढाएको जानकारी दिए ।

डा. उप्रेतीले हिमाली क्षेत्रमा तापक्रम, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न सक्ने बलियो प्रणाली आवश्यक रहेको बताए । 

ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा विपद्सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सरकारी संरचना रहे पनि समुदाय स्तरमा सूचना पुर्‍याउने प्रणाली समावेशी र प्रभावकारी हुन नसकेको बताए ।

उनले गृह मन्त्रालयअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र वडा तहका समितिलाई समुदायमा विपद्सम्बन्धी सूचना प्रवाह गर्ने जिम्मेवारी भए पनि मोबाइल सन्देशमा अत्यधिक निर्भरता रहेको बताए ।

कार्यक्रममा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरका कार्यकारी निर्देशक अस्लम पेरवाल्जले नेपालजस्तो भौगोलिक विविधता र उच्च विपद् जोखिम भएको मुलुकमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोत परिचालनको नयाँ ढाँचा आवश्यक रहेको बताए ।

उनले फिलिपिन्सको राष्ट्रिय आर्थिक तथा विकास प्राधिकरण (नेडा) ले अघि सारेको अनुकूलन वित्त परिचालनको अवधारणाबारे जानकारी दिँदै जोखिम मूल्यांकन, जोखिम नक्सांकन र स्थानीय समुदायसँगको परामर्शमा लगानी बढाउनुपर्ने बताए ।

प्राक्टिकल एक्सन बंगलादेशकी जलवायु तथा उत्थानशीलता प्रमुख तमान्नाह रहमानले बंगलादेशमा मोबाइल फोनमार्फत आवाजमा आधारित पूर्वसूचना प्रणाली प्रभावकारी भएको अनुभव सुनाइन् ।

उनले बंगलादेशमा ९८ प्रतिशत जनसङ्ख्याको पहुँचमा मोबाइल फोन भए पनि स्मार्टफोन प्रयोग गर्नेको सङ्ख्या १६ प्रतिशत मात्र रहेकाले सबै समुदायसम्म सूचना पुर्‍याउन आवाजमा आधारित सन्देश प्रणाली विकास गरिएको बताइन्।

बाढी पूर्वानुमान तथा पूर्वसूचना केन्द्रबाट प्राप्त प्राविधिक सूचनालाई सर्वसाधारणले बुझ्ने सरल भाषामा रूपान्तरण गरी करिब एक मिनेटको आवाज सन्देश बनाएर मोबाइलमार्फत समुदायमा पठाउने गरिएको उनले जानकारी दिइन्।

ग्रामीणमुखी युवा अभियान नेपाल र प्राक्टिकल एक्सनको आयोजनामा भएको छलफलको सहजीकरण प्राक्टिकल एक्सनकी वरिष्ठ जलवायु उत्थानशीलता सल्लाहकार डेमेट इन्टेपेले गरेका थिए।

0 Comments