२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शक्तिशाली बमको धम्की दिएर अमेरिकाले कूटनीति गर्न खोज्यो’ : इरानी राष्ट्रपति

आणविक हतियार रोक्ने नाममा सैन्य आक्रमण गरिएको आरोप, विश्व शान्ति र सुरक्षामाथि खतरा निम्त्याएको भन्दै अमेरिकी नीतिको आलोचना !

अ अ+ अ-

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले शक्तिशाली बम प्रयोग गर्ने धम्कीमार्फत कूटनीतिक दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी सैन्य नीति र कूटनीतिक व्यवहारबीच गम्भीर प्रश्न उठाउँदै उनले विश्व शान्ति तथा सुरक्षामा खतरा उत्पन्न भइरहेको बताएका हुन्।

बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति पेजेस्कियानले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्य देखाएर अमेरिकाले युद्ध सुरु गरेको आरोप लगाए। तर, त्यही अभियानका क्रममा सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा अत्याधुनिक क्षेप्यास्त्र प्रयोग गरिएको उनको भनाइ छ।

उनले इरानको लामेर्द सहरमा अमेरिकाले पहिलो पटक प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको दाबी गरेका छन्। उक्त सहरको खेलकुद भवनमा भएको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।

राष्ट्रपति पेजेस्कियानले पछिल्लो समय अमेरिकाले इरानका भूमिगत आणविक संरचनामाथि आक्रमण गर्न अत्यन्त शक्तिशाली बम प्रयोग गर्ने सम्भावनाबारे भइरहेको चर्चाको समेत आलोचना गरेका छन्।

उनले विशेष गरी ‘मदर अफ अल बम्स’ भनेर चिनिने शक्तिशाली गैरआणविक बम प्रयोग गर्ने धम्कीलाई कूटनीतिक दबाबको माध्यम बनाइएको आरोप लगाए।

‘उनीहरूले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने भन्दै युद्ध सुरु गरे। त्यसपछि लामेर्दमा पहिलो पटक पीआरएसएम क्षेप्यास्त्र प्रयोग गरे। अहिले शक्तिशाली बमको धम्की दिएर कूटनीति अघि बढाउन खोजिरहेका छन्,’ पेजेस्कियानले एक्समा लेखेका छन्।

अमेरिकी नीतिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो व्यवहारलाई विरोधाभासभन्दा पनि लज्जास्पद कार्यको संज्ञा दिएका छन्।

‘यो विरोधाभास होइन, बरु लज्जास्पद विषय हो। विश्व शान्ति र सुरक्षालाई वास्तवमा कसले धम्की दिइरहेको छ रु’ उनले प्रश्न गरेका छन्।

अमेरिका र इरानबीच आणविक कार्यक्रम तथा क्षेत्रीय सुरक्षाका विषयमा तनाव कायम रहेका बेला राष्ट्रपति पेजेस्कियानको यस्तो प्रतिक्रिया आएको हो।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ। अमेरिकाले भने इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने अडान राख्दै आएको छ।

पेजेस्कियानको पछिल्लो अभिव्यक्तिले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक संवादबीचको अमेरिकी दृष्टिकोणप्रति इरानको असन्तुष्टि उजागर गरेको छ।

0 Comments