२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रयास प्रतिनिधिसभाबाट असफल

अ अ+ अ-

काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी प्रतिनिधिसभाबाट रोकिएको छ । 

रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधि सभाले महाभियोग प्रस्ताव थप छलफलका लागि समितिमा पठाउने प्रक्रियागत प्रस्तावमाथि २११ विरुद्ध २०४ मतले निर्णय गरेको हो । 

यससँगै हेगसेथविरुद्धको महाभियोग प्रक्रिया तत्कालका लागि अघि बढ्न नसक्ने भएको छ । महाभियोग प्रस्तावको नेतृत्व गरेका रिपब्लिकन सांसद थोमस मेसीको प्रयासलाई हेगसेथले ‘प्रहसन’ र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्षति पुर्‍याउने उद्देश्यले गरिएको राजनीतिक नाटकको संज्ञा दिएका छन् ।

मंगलवार प्रतिक्रिया दिँदै हेगसेथले एक जना असन्तुष्ट र पराजित सांसदले गरिरहेको प्रयास निगरानी वा जवाफदेहिताको विषय नभई व्यक्तिगत अहंकार र प्रतिशोधबाट प्रेरित राजनीतिक प्रदर्शन भएको बताए । उनले यसले राष्ट्रपति, देश र अमेरिकी सैनिकहरूको मनोबलमा क्षति पुर्‍याउने प्रयास गरेको आरोपसमेत लगाए। यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हेगसेथको बचाउको प्रशंसा गर्दै उनलाई ‘ए प्लस प्लस प्लस’ अंक दिएका छन् । सांसद मेसीले इरानसँगको अमेरिकी युद्धलाई लिएर सोमबार हेगसेथविरुद्ध महाभियोगका आठ वटा आरोप सार्वजनिक गरेका थिए ।

 उनले सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ का तीनवटा प्रावधान रक्षामन्त्री हेगसेथले उल्लंघन गरेको दाबी गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले इरान युद्धसमेतका कारण पराजय बेहोरेको केही दिनपछि महाभियोग प्रस्ताव सार्वजनिक गरिएको थियो । ट्रम्पका लामो समयदेखि आलोचक रहँदै आएका मेसी यसै वर्षको अन्त्यमा संसदबाट अवकाश लिँदै छन् । 

0 Comments