काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले लगातार प्रभावशाली ब्याटिङ गर्दै विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
विराटनगरविरुद्धको खेलमा आक्रामक सुरुवात गरेका युवराजले ३२ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाएका हुन्।
यसअघि कर्णाली याक्सविरुद्ध शतकीय पारी खेलेका उनले विराटनगरविरुद्ध पनि उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले युवराजको प्रदर्शनबाट इनिङ्सलाई बलियो आधार दिएको छ।
क्यानडाका क्रिकेटर युवराजले यसअघि कर्णाली याक्सविरुद्ध ४८ बलमा १०२ रन बनाएका थिए। उनको शतकीय प्रदर्शनको मद्दतमा पोखराले उक्त खेल ६३ रनले जित्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।





