काठमाडौँ । चितवन राइनोजसँग चार विकेटले पराजित भएपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएको छ ।
शुक्रबारको दोस्रो खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने थियो ।





