२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आईतवार दुबो रोपिएको छ । 

महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली काँग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताएकी छन् । उनकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । काँग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उनको भनाइ छ । उनले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गर्दा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिइन् । 

कुनैपनि स्थान प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उनको भनाइ छ । खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेको स्थानमा दुबो रोपेर त्यसको प्राकृतिक सुन्दरता पुनः कायम गर्ने प्रयास गरिएको उनले बताइन् । रोपिएको दुबो प्राकृतिक रूपमा पनि फैलिँदै जाने उल्लेख गर्दै गौतमले केही समय त्यसको नियमित हेरचाह र संरक्षणसमेत गरिने जानकारी दिइन् ।

सहमहामन्त्री गौतमले भनिन्, ‘हामीले १५ औँ अधिवेशनका क्रममा प्रयोग गरेको यस सार्वजनिक स्थलको सुन्दरता जोगाइराख्नु सबैको जिम्मेवारी हो । नेपाली काँग्रेसजस्तो ठूलो पार्टीको अधिवेशनपछि यस स्थानको दुबो र सुन्दरतामा केही क्षति पुगेको देखिएकाले त्यसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले दुबो रोपिएको हो । यसको उद्देश्य केवल दुबो रोप्नु मात्र नभई सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो भन्ने सन्देश दिनु हो । भविष्यमा अन्य राजनीतिक दल, संघसंस्था तथा व्यक्तिहरूले पनि सार्वजनिक स्थल प्रयोग गर्दा त्यसको सुन्दरता र संरक्षणमा ध्यान दिने अपेक्षा गरेका छौँ । यो रुख रोप्ने नभई दुबो रोप्ने काम हो । दुबो प्राकृतिक रूपमा पनि फैलिँदै र मौलाउँदै जाने भएकाले रोपिसकेपछि केही समय नियमित हेरचाह र संरक्षण गर्ने हाम्रो योजना छ । सानो प्रयासले पनि सार्वजनिक सम्पत्तिको संरक्षणमा सकारात्मक योगदान पुर्‍याउन सक्छ भन्ने हाम्रो विश्वास हो ।’

उनले सार्वजनिक सम्पतीको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्ने भन्दै राजनीतिक दल तथा अन्य संघसंस्थाले सभा, सम्मेलन र कार्यक्रम गर्दा स्थलको सरसफाई तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताइन् । 

0 Comments