२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे

अ अ+ अ-

काठमाडौँ । कुल स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यावसायिक, व्यक्तिगत तथा कर कट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो ।

 तथ्यांकअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो । असोज महिनामा मात्रै ५२ हजार ९२५ व्यावसायिक प्यान थपिएका छन् ।

त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पी-प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ । गत असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए । असोजमा मात्रै २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन् । 

भुक्तानीमा कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन) को संख्या भने असोज मसान्तसम्म ३९ हजार ५६२ पुगेको छ । गत असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो। असोजमा ३९८ वटा थपिएका छन् ।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार २६८ थियो । असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन् ।

अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ । गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्त:शुल्क दर्ता संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ । असोज महिनामा मात्रै ६ हजार २५४ करदाता थपिएका हुन् ।

0 Comments