काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो । हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।
बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई-दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक-एक सफलता हात पारे ।
चितवनले प्लेअफमा स्थान बनाइसकेको छ भने कर्णाली बाहिरिएको छ ।





