२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा

अ अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी छन् । 

छठ पर्वको मुख्य दिन आइतबार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजा आराधनामा सहभागी भएकी हुन्। 

यसअघि उनले छठ पर्वअन्तर्गत खरना विधिसमेत सम्पन्न गरेकी थिइन् । चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चार दिने छठ महापर्वको मुख्य पूजा षष्ठी तिथिको साँझ सम्पन्न गरिएको हो । यस अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, अरगज्जा, दशरथ तलाउलगायत मिथिलाञ्चलका विभिन्न पोखरी, नदी तथा जलाशयका घाटहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको थियो । छठ पर्वका लागि व्रतालु तथा श्रद्धालुहरूले घरमै ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परम्परागत गुलियो परिकार तयार पारेका थिए । त्यस्तै फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरालगायत पूजाका सामग्री नाङ्लो, कोनिया, सरवा, ढकिया तथा माटाका भाँडामा सजाएर घाटसम्म पुर्‍याएका थिए । 

घाटहरूमा परम्परागत विधिअनुसार सूर्यदेव र छठी माताको पूजा आराधना गरिएको थियो । व्रतालुहरूले नदी तथा पोखरीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । छठका परम्परागत लोकगीत र भजनले जनकपुरधामसहित मिथिलाञ्चलको वातावरण भक्तिमय बनेको थियो । छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिने महापर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

0 Comments