१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने जोड

अ अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.ले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्  ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् । 

उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचनाको सहज, समयमै र प्रभावकारी आदानप्रदान गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धान: प्रमाण संकलनदेखि फैसलासम्म’ रहेको छ ।

कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ ।

सोही अवसरमा प्रहरी महानिरीक्षक डा. के.सी.ले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह–भाग ३’ पुस्तक लोकार्पण गरे । कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण संकलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

0 Comments