१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीमा दुई जना नियन्त्रणमा

अ अ+ अ-

काठमाडौँ । पक्राउ नै नपरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भनी फेसबुकमा सूचना प्रकाशन गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार नियन्त्रणमा लिइएकामा कविलासी नगरपालिका-७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका-८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा छन् । पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाताबाट र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजबाट उक्त सूचना प्रकाशन गरेको प्रहरीको आरोप छ ।

प्रहरीले पक्राउ नगरेका व्यक्तिबारे गलत विवरण सार्वजनिक हुँदा प्रहरीको कामकारबाहीबारे सर्वसाधारणमा भ्रम र अन्योल सिर्जना भएको कार्यालयले प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै जनाएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले घटना, पक्राउ, अनुसन्धान र कारबाहीसम्बन्धी सूचना प्रकाशन वा सेयर गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा सूचना अधिकारीबाट विवरण पुष्टि गर्न आग्रह गरेको छ ।

0 Comments