काठमाडौँ। इलाका प्रशासन कार्यालय कञ्चनपुर सप्तरीलेले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने समय बढाएको छ । कार्यालय खुल्ने दिन सेवाग्राहीले बिहान साढे ७ बजेदेखि बेलुका ५ बजेसम्म विवरण दर्ता गराउन सक्नेछन् ।
कार्यालयस्थित राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रमा सेवाग्राहीको चाप बढेपछि सेवा समय विस्तार गरिएको कार्यालयले जनाएको छ । सार्वजनिक बिदाका दिन भने कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।






