काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई सेवाबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन्।
प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन बुझाएका हुन्।
प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना इनम सापकोटालाई दिएको आरोपमा सरकारले दाहाललाई असोज १९ गते निलम्बन गरेको थियो। सापकोटा पक्राउ परेपछि उनको मोबाइलबाट दाहालसँग सम्पर्क भएको पाइएको स्रोतको भनाइ छ।
निलम्बनपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो। सरकारले पदीय आचरण पालना नगरेको आधारमा असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो।





