३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’ : प्रवक्ता श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन् ।

सैनिक मुख्यालयमा आज पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताएका हुन् । 

उनले भने, “नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ । सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत समयमै सार्वजनिक गर्नेछ ।”

उनले नेपाली सेना र नेपाली सञ्चारमाध्यमकाबीचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट गरे । 

उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राखे। 

राष्ट्रिय संकटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गरे । 

सो कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बीचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसंग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गरे । 

0 Comments