४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आस्था र परम्पराको संगम लड्केश्वर मेला

अ अ+ अ-

बनेपा(काभ्रे) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ ।

करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् । गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको उपस्थितिले मेलास्थलमा छुट्टै रौनक छाउने गर्दछ ।

लड्केश्वर धाम परिसरमा स्थापित १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस क्षेत्रको धार्मिक तथा आध्यात्मिक महिमा थप बढाएको छ । यी धार्मिक संरचनाले धामको विशिष्टता थप बढाउनुका साथै भक्तजनलाई आकर्षित गर्दै आएका छन् । धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यस क्षेत्रमा मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ ।

स्थानीय सागर आचार्यका अनुसार मेलाका अवसरमा भक्तजनले महादेवको पूजाआजा गर्नुका साथै भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ । धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा यस मेलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

 हरिबोधिनी एकादशी भगवान् विष्णुको चातुर्मास शयन समाप्त भई जागरण हुने पवित्र दिनका रूपमा लिइन्छ । यस दिन तुलसी विवाह, व्रत, पूजाआराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने सनातन परम्परा रहिआएको छ ।

मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदासमेत दिँदै आएको छ । नगरप्रमुख रामशरण भण्डारीले संस्कृति संरक्षण गर्नु सबैको दायित्व भएको बताए। “संस्कृति संरक्षण गर्नु हामी सबैको दायित्व हो । स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, उनले भने ।

नगरप्रमुख भण्डारीले यस वर्षको मेलामा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको बताए । धार्मिक विश्वास, ऐतिहासिक महत्त्व र प्राकृतिक सुन्दरताले भरिपूर्ण लड्केश्वर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए। 

पुस्तौँदेखि चल्दै आएको यस मेलाले धार्मिक आस्थालाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्दै आएको छ ।  

0 Comments