४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि सतर्कता बढाइयो

अ अ+ अ-

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि भारतीय अधिकारीहरूले विपद् व्यवस्थापनको तयारी तिब्र पारेका छन् ।

 भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो शुक्रबार मध्याह्नसम्म भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ ।

 यसका कारण प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा हावा चल्ने र हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ । मौसम विभागले शुक्रबारसम्म दक्षिणपश्चिम, पश्चिम–मध्य र उत्तरपश्चिम बंगालको खाडी क्षेत्रमा माछा मार्न नजान माछा मार्नेहरूलाई आग्रह गरेको छ । चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशामा ७४ वटा उद्धार टोली परिचालन गरिएको छ । साथै, सम्भावित जोखिमबाट बचाउन दुई लाखभन्दा बढी मानिसको पहिचान गरी स्थानान्तरणको तयारी गरिएको छ । ओडिशाको मलकानगिरी जिल्लामा नोभेम्बर १९ र २० गते विद्यालय, कलेज तथा एकीकृत बाल विकास सेवा कार्यक्रमअन्तर्गत सञ्चालित आँगनवाडी केन्द्रहरू बन्द गरिने भएको छ ।

 छिमेकी राज्य आन्ध्र प्रदेशमा माछा मार्ने गतिविधि स्थगित गरिएको छ । त्यहाँ राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का १३ टोली र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ)का ११ टोलीलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न दुवै राज्यका प्रशासनले उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनका तयारीलाई तिब्र बनाएका छन् ।

0 Comments