४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन,२०२६ लाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वास्थ्यलाई अस्पताल,उपचार र औषधिमा मात्र सीमित राख्न नहुने बताइन् । उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो हुने उल्लेख गरिन् । मानिसको स्वास्थ्य उसको सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री मेहताले उच्च रक्तचाप,मधुमेह,मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग,मानसिक स्वास्थ्य समस्या,सडक दुर्घटना,वायु प्रदूषण तथा जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताइन् । 

यसका लागि शिक्षा,कृषि,खानेपानी,शहरी विकास,स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन् । सबै नीतिमा स्वास्थ्यको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वास्थ्यलाई सबै क्षेत्रका नीति,योजना तथा कार्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्नेमा उनले जोड दिइन् ।

संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता,भाषा,संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइन्। यसका लागि तीनै तहका सरकारबीच समन्वय,स्रोतसाधनको सुनिश्चितता तथा संस्थागत र प्राविधिक क्षमता विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य प्रवर्द्धनलाई स्थापित पेसागत तथा शैक्षिक विधाका रूपमा विकास गर्न दक्ष जनशक्ति उत्पादन,अनुसन्धानको विस्तार र प्रमाणमा आधारित अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने उनले बताइन् । सम्मेलनले सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण,स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण,दिगो लगानी,स्वास्थ्य सेवामा समान पहुँच तथा जवाफदेहितालगायत विषयमा छलफल गरेको छ।

0 Comments