६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने, राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले आइतबार जारी गरेको शुभकामना सन्देशमा दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सहकार्य र साझेदारीका आधारमा अघि बढाउन भ्रमणले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रास्वपाका अनुसार प्रधानमन्त्री शाह आइतबार मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा प्रस्थान गर्दै छन्। उनको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिसहित ३४ सदस्यीय टोली सहभागी हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

ती भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रास्वपाले राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धका साथै द्विपक्षीय सहकार्यसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा समझदारी कायम हुने विश्वास व्यक्त गरेको छ।

पार्टीका अनुसार भ्रमणका विषयमा प्रधानमन्त्री शाह र रास्वपा सभापतिबीच यसअघि भेटवार्ता भएको थियो। त्यस क्रममा सभापतिले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा भारतसँगको सम्बन्ध अघि बढाउन सुझाव दिएका थिए।

रास्वपाले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण उपलब्धिमूलक हुने अपेक्षा गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र सुखद रहोस् भनी शुभकामना व्यक्त गरेको छ।

0 Comments