काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.२६ अंकले घटेर २६१७.०२ बिन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५३ वटा स्क्रिप्सको ९ हजार ३७१ कित्ता सेयर २८ लाख १८ हजार ८९२ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेका छन् । बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






