८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माणका लागि बजेट माग

अ अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुंगे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ । 

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रूपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुंगे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शंकर बुढाथोकीले जानकारी दिए ।

“माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न  सकेका छैनौँ”, योजना प्रमुख बुढाथोकीले भने, “नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ ।”

पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो । टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो ।

यहाँ आएको प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुंगे  पुल पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । दोधारा चाँदनी झोलुंगे पुल पर्यटकीय गन्तव्यका रूपमा पनि मुलुकमै परिचित पुलमा पर्छ ।

0 Comments