९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

अ अ+ अ-

जियुक्वान (चीन)। चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।

पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ प्रस्थान गरेका हुन् । अन्तरिक्षयान रकेटबाट अलग भई निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

यस अभियानले चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको छ । पाकिस्तानमा प्रक्षेपणको खुसीयालीमा सर्वसाधारणले ‘पाकिस्तान–चीन मित्रता दीर्घायु होस्’ भन्दै उत्सव मनाएका थिए ।

पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले यस अभियानले भविष्यमा दुई देशबीच अन्तरिक्ष क्षेत्रमा अझ व्यापक सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे । उनले पाकिस्तानी अन्तरिक्ष यात्रीले आफ्नो देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षा अन्तरिक्षमा पुर्‍याएको बताए ।  

यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो । चालकदलले अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ । अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नुहुनेछ र शेन्झाउ–२३ मार्फत पृथ्वी फर्कर्ने छन् । 

अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाको नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ ।

0 Comments