काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार पाँच सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।






