९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

अ अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु. २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण रु. २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर रु. २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो ।

कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व रु १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व रु १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल रु. छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमा कात्तिक मसान्तसम्म रु. एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो ।

कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ रु. एक खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ रु. २८ अर्ब ८४ करोड प्राप्त भएको छ । वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ । प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै रु पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ रु. दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ ।

यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ । जसमध्ये कात्तिक मसान्तसम्ममा रु एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो ।

कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ । ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा रु एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक रु. तीन खर्ब २८ अर्ब १४ करोड बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ । यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा रु १९ अर्ब २४ करोड ८२ लाख खर्च भएको छ ।

आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको रु ८९ अर्ब ७४ करोड ७० लाखमध्ये कात्तिक मसान्तसम्म रु. २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो ।

वैदेशिक ऋणको साँवा भुक्तानीमा रु. १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा रु चार अर्ब ३६ करोड ७९ लाख खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

0 Comments