१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपथ्य’ को सांगीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

अ अ+ अ-

म्याग्दी । चर्चित नेपाली सांगीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष)प्रस्तुति दिएको छ । 

गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका थिए । साँझ ६:०० देखि रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका अमृतलाई दर्शकले हुटिङसहित स्वागत गरे । 

‘आगनैभरि’ गीतबाट प्रस्तुति सुरु गरेका गुरुङको स्वरसँगै दर्शकहरूले पनि स्वरमा स्वर मिलाए । लगातार तीनवटा गीत गाएपछि दर्शकलाई अभिवादन गर्दै गुरुङले ३० वर्षअघि जोमसोममा गीतको छायांकन गरेर बेनी हुँदै हिँडेर पोखरा पुगेको स्मरण गरे । 

मङ्सिरको पहिलो साता धान काटेर दाइँ हाल्ने, गहुँलगायत हिउँदेबाली लगाउने समयको प्रसंग निकाल्दै उनले धौलागिरि काखमा जन्मिएर, मानव सभ्यतासँग जोडिएको कालीगण्डकीको तिरैतिर हिँडेका पुर्खाहरूको शिरफुले भाकाको खोजीमा बेनीदेखि हिँडेर रुकुम पुगेको स्मरण गर्दै धौलागिरि बोलको गीत प्रस्तुत गरे ।

‘भेडाको ऊनजस्तो’, ‘रामारामा, ‘खान्न म त लामपाते सुरती’, ‘चरी मर्‍यो सिसैको गोलीले माया बस्यो त्यो मीठो बोलीले’ र ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’ लगायतका गीत प्रस्तुत गरे । गीत गाउँदै आफैँ छमछमी नाचेका अमृतलाई खुल्लामञ्चमा भरिभराउ दर्शकले स्वर र हुटिङमार्फत साथ दिए ।

‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’, ‘म नाचेँ छमछमी’ जस्ता गीतले पनि बेनीको माहोल ततायो । गीतबीच अमृतले नेपालको प्राकृतिक सौन्दर्यताको वर्णन, सद्भाव, सामाजिक एकताको अपिल र पुर्खाको योगदानको सम्मान गर्न अपिल गरे । 

मानिस यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आएको उल्लेख गर्दै उनले पैसाको पछि नडौदिन र मानव कल्याणमा सहयोग गर्न आग्रह गरे। समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको भन्दै उनले मानव कल्याणभन्दा ठूलो धर्म अरू नहुने बताए । 

अन्तिमतिर अमृतले देश निर्माणका लागि सबै एकजुट हुन आह्वान गर्दै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ प्रस्तुत गरे । त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलियो । 

राजनीतिकर्मीहरूलाई मनपरी नगर्न खबरदारी गर्दै गुरुङले कर्मचारीलाई विचलित नभई निर्धक्क भएर न्यायको राज्य सञ्चालनको अनुरोध गरे। अभावका बीच पनि पुर्खाले देश जोगाउन गरेको योगदान स्मरण गर्दै उनले विभिन्न जातजाति, धर्म र समुदाय मिलेर बस्नुपर्ने सन्देश दिए। 

गाउँका घरहरू खाली, खेतीयोग्य जमिन बाँझिने क्रम बढेका प्रति चिन्ता व्यक्त गर्दै पर्वतको बाँसखर्कमा बजार र विदेशबाट फर्किएर सुन्तला फलाउने किसानको प्रशंसा गरे। करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्तिबहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थिए । 

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा दुई घण्टासम्म सञ्चालन भएको सांगीतिक कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट पनि दर्शक आएको स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठले बताए। बेनीमा १५ वर्षपछि नेपथ्यको सांगीतिक प्रस्तुति भएको उनले बताए।

0 Comments