९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापन पत्र

अ अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री सञ्जय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शीघ्र न्यायिक निरूपणको माग गरेका छन् । 

समर्थकहरूले बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउँदै साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको उनीहरूको भनाइ छ । 

न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै समर्थकहरूले यसलाई गम्भीर विषयका रूपमा उठाएका छन् । ज्ञापन पत्र बुझाउने क्रममा समर्थक रामअशिष दासले लामो समयसम्म मुद्दाको किनारा नलाग्नुले आफ्नो नेताको जीवन नै समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका जन्माएको बताउनु भयो । उहाँले न्यायिक प्रक्रियालाई तीव्रता दिई साहको मुद्दा छिटो टुंग्याउन माग गरे । 

समर्थकहरूले साहको मुद्दा मात्र नभई अदालतमा वर्षौँदेखि विचाराधीन रहेका अन्य मुद्दाहरूको समेत शीघ्र सुनुवाइ र फैसला गर्न माग गरेका छन् । तीन वर्षभित्र मुद्दाको अन्तिम टुंगो लगाउने कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ । त्यस्तै, खुला इजलासमा हुने सुनुवाइलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् । यसबाट न्यायिक प्रक्रियामा पारदर्शिता बढ्नुका साथै नागरिकले अदालतका कामकारबाही प्रत्यक्ष अवलोकन गर्न पाउने उनीहरूको तर्क छ । ज्ञापन पत्रमा फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय निरूपणका क्रममा फरेन्सिक, नार्को, पोलिग्राफ र ब्रेन म्यापिङजस्ता वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणलाई महत्व दिनुपर्ने मागसमेत गरिएको छ । साथै, झुटा मुद्दा लगाउने व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । समर्थकहरूले न्यायमा हुने ढिलाइ अन्त्य गर्दै पूर्वमन्त्री साहको मुद्दासहित लामो समयदेखि विचाराधीन मुद्दाहरूको निष्पक्ष र शीघ्र निरूपण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

0 Comments