१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कार्यक्रममा प्लास्टिकको विकल्प अपनाउन कोशी प्रदेश सरकारसहितका निकायलाई परमादेश

प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन र उपलब्ध विकल्प अपनाउन आदेश दिँदै उच्च अदालत विराटनगरले आवश्यक कानुन, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राख्न भनेको छ ।

अ अ+ अ-

काठमाडौँ । उच्च अदालत विराटनगरले सरकारी निकायले आयोजना गर्ने कार्यक्रममा प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्दै उपलब्ध विकल्प अपनाउन कोशी प्रदेश सरकारसहितका निकायका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा अदालतले प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरणका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न र तिनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आदेश दिएको हो ।

प्लास्टिकको प्रयोग घटाउन आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन पर्याप्त नभए त्यसलाई उच्च प्राथमिकतामा राखेर आवश्यक व्यवस्था मिलाउन अदालतले भनेको छ ।

रिट निवेदकले उठाएका विषय मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अदालतले औँल्याएको छ । नेपालको संविधान, वातावरण संरक्षणसम्बन्धी संघीय तथा प्रदेश कानुन, नीति र कार्यक्रमका साथै अन्तर्राष्ट्रिय महासन्धि, अनुबन्ध तथा घोषणाहरूमा समेत मानव स्वास्थ्यमा असर पुर्‍याउने प्लास्टिकलगायतका सामग्रीको प्रयोग र पुनः प्रयोग क्रमशः घटाउँदै अन्ततः प्रयोग अन्त्य गर्ने व्यवस्था रहेको अदालतले स्मरण गराएको छ ।

सभा, सम्मेलन, सेमिनार तथा गोष्ठीलगायतका कार्यक्रममा प्लास्टिकको प्रयोग घटाउँदै उपयुक्त विकल्प पहिचान गरी यसको प्रयोग अन्त्य गर्ने प्रतिबद्धता विगतमा पटक-पटक व्यक्त भएको पनि परमादेशमा उल्लेख छ ।

0 Comments