१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूरसञ्चारको गुणस्तर सुधार योजना कार्यान्वयनमा कमजोरी, सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

टावर थप्ने र फ्रिक्वेन्सीको प्रयोग विस्तार गर्ने प्रतिबद्धताअनुसार प्रगति नभएको औँल्याउँदै प्राधिकरणले गुणस्तर मापदण्डको अनिवार्य पालना, नियमित परीक्षण र उपभोक्ताका गुनासो सम्बोधनमा विशेष ध्यान दिन सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

अ अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूले पेस गरेका गुणस्तर सुधार योजनाको कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको भन्दै निर्धारित मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सञ्चार सेवाको गुणस्तरसम्बन्धी अन्तरक्रियामा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा सुधारका लागि योजना बनाउने तर कार्यान्वयन नगर्ने अवस्था स्वीकार्य नहुने स्पष्ट पारे ।

प्राधिकरणले प्रत्येक आर्थिक वर्ष सेवा प्रदायकबाट गुणस्तर सुधार योजना माग्दै आएको छ । ती योजनामा थप टावर निर्माण तथा फ्रिक्वेन्सीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता जनाइए पनि कार्यान्वयन पक्ष कमजोर रहेको अर्यालले बताए ।

‘सेवा प्रदायकहरूलाई म विशेष आग्रह के गर्न चाहन्छु भने प्राधिकरणबाट तोकिएको मापदण्डमा दायाँबायाँ गर्ने छुट छैन, त्यसमा अगाडि बढ्नैपर्छ ।’ उनले भने ।

गुणस्तर परीक्षणमा सबै भौगोलिक क्षेत्र समेट्नुपर्ने
दूरसञ्चार सेवाको वास्तविक गुणस्तर मापन गर्न सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरी त्यसको प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ ।

देशभर एकैपटक परीक्षण गर्न सम्भव नहुने भएकाले कम्तीमा ८०० देखि ९०० किलोमिटर दूरी समेटेर परीक्षण गर्नुपर्ने र त्यसमा सहरी, ग्रामीण, तराई तथा दुर्गम हिमाली क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

अर्यालका अनुसार गत आर्थिक वर्षमा सेवा प्रदायकहरूले विभिन्न क्षेत्रमा गरेको ड्राइभ टेस्टको प्रतिवेदन प्राधिकरणले प्राप्त गरिसकेको छ ।

एक वर्षमा ४३५ गुनासो दर्ता
आर्थिक वर्ष २०८२र८३ मा प्राधिकरणमा डेटा सेवासम्बन्धी ३३९ र मोबाइल भ्वाइस सेवासम्बन्धी ९६ गरी कुल ४३५ वटा गुनासो दर्ता भएका थिए ।

प्राप्त सबै गुनासो विद्युतीय गुनासो व्यवस्थापन प्रणाली ९कम्प्लेन ह्यान्डलिङ सिस्टम० मार्फत सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएर समाधान गरिएको अर्यालले जानकारी दिए ।

प्रचलित कानुनी व्यवस्थाअनुसार उपभोक्ताले सेवासम्बन्धी समस्या देखिएमा सुरुमा सम्बन्धित सेवा प्रदायकसमक्ष गुनासो गर्नुपर्ने र त्यहाँ सुनुवाइ नभए प्राधिकरणमा उजुरी गर्न सक्नेछन् ।

प्राधिकरणमा औपचारिक रूपमा दर्ता हुने गुनासोको सङ्ख्या कम भए पनि सेवा प्रदायकसमक्ष उल्लेख्य गुनासो पुग्ने गरेको अर्यालले बताए । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यक्त हुने उपभोक्ताका असन्तुष्टिलाई समेत सेवाको गुणस्तर सुधारका लागि प्राप्त प्रतिक्रियाका रूपमा लिएर सम्बोधन गर्न उनले आग्रह गरे ।

दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले उपभोक्ताका समस्या समाधानलाई सेवा प्रदायकले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

प्राधिकरणले पनि प्रविधिको विकास र अन्तर्राष्ट्रिय अभ्यासअनुरूप दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि निर्धारण गरिएका प्रमुख कार्यसम्पादन सूचक (केपीआई) तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै जाने अर्यालले बताए ।

0 Comments