१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य, मङ्सिर १५ देखि लागू

चिकित्सकले दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन स्थायी लेखा नम्बर र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ भने गलत विवरण पेस गरे कानुनी कारबाही गरिनेछ ।

अ अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफूबाट जारी हुने सबै प्रकारका प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको छ । नयाँ व्यवस्था आगामी मङ्सिर १५ गतेदेखि लागू हुनेछ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा समावेश व्यवस्था कार्यान्वयन गर्न विभिन्न मितिमा गरेको पत्राचारका आधारमा काउन्सिलले यस्तो निर्णय गरेको हो ।

काउन्सिलको २०८३ असोज १ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि आवेदन दिँदा थप कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन चाहने चिकित्सकले आफू हाल कार्यरत संस्थाबाट जारी गरिएको रोजगारी खुल्ने पत्रसमेत बुझाउनुपर्नेछ । विदेशमा कार्यरत चिकित्सकले भने सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

सम्बन्धित अवधिमा कुनै रोजगारीमा संलग्न नरहेका चिकित्सकले सोही ब्यहोरा स्पष्ट खुलाएर निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

काउन्सिलका अनुसार निवेदनमा गलत विवरण उल्लेख गरेको, झुटा कागजात बुझाएको वा रोजगारीमा संलग्न नरहेको भनी दिएको विवरण विपरीत पछि कुनै निकाय वा स्रोतबाट प्रमाण प्राप्त भएमा प्रचलित कानुन तथा सम्बन्धित नियमावलीबमोजिम कारबाही हुनेछ । त्यस्तो अवस्थामा भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र जारी गर्नसमेत रोक लगाउन सकिनेछ ।

0 Comments