काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सोसरह) का दुई अधिकृतको सरुवा सिफारिस गरेको छ ।
आयोगको बिहीबार (मङ्सिर १० गते) को निर्णयअनुसार उच्च अदालत पाटनका रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीलाई सर्वोच्च अदालतको सह-रजिस्ट्रार पदमा सरुवा गर्न सिफारिस गरिएको हो । क्षेत्री हाल सर्वोच्च अदालतमै काजमा कार्यरत छन् ।
त्यसैगरी सर्वोच्च अदालतका सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालालाई उच्च अदालत पाटनको रजिस्ट्रार पदमा सरुवा गर्न सिफारिस गरिएको छ । कोइराला हाल उच्च अदालत पाटनमै काजमा कार्यरत छन् ।







