११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आपूर्तिका लागि बोलपत्र आह्वान

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धात्मक प्रक्रियाबाट भारतीय कम्पनी छनोट गरी विद्युत् खरिद गर्न पुस १३ गतेसम्म विद्युतीय माध्यमबाट प्रस्ताव पेस गर्ने समय दिएको छ ।

अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् आयात गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ ।

चौबिसै घण्टा विद्युत् आपूर्ति (राउन्ड द क्लक-आरटीसी) हुने गरी खरिद प्रक्रिया अघि बढाएको प्राधिकरणले शुक्रबार भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट प्रस्ताव माग गरेको हो ।

प्राधिकरणका अनुसार भारतमा क्याटागोरी-१, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमति पत्र प्राप्त कम्पनीहरू यस खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

इच्छुक कम्पनीलाई २०८३ पुस १३ गते (२८ डिसेम्बर २०२६) दिउँसो १२ बजेसम्म प्रस्ताव बुझाउने समय दिइएको छ । सोही दिन दिउँसो १ बजे प्राधिकरणको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा प्राविधिक प्रस्ताव खोलिनेछ । त्यस क्रममा बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधि उपस्थित हुन सक्नेछन् ।

बोलपत्रमा सहभागी हुन १२ हजार ५०० भारतीय रुपैयाँ वा सोबराबरको नेपाली रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । प्रस्तावित विद्युत् क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले बोलपत्र धरौटी राख्नुपर्ने सर्तसमेत तोकिएको छ ।

खरिद प्रक्रियासम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रणालीबाट प्राप्त गर्न सकिनेछ । बोलपत्रदाताले सोही प्रणालीमार्फत आफ्नो प्रस्ताव पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राप्त बोलपत्रमध्ये कुनै वा सबै प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने अधिकार प्राधिकरणमा सुरक्षित रहने सूचनामा उल्लेख छ ।

0 Comments