११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यक छ’ : भोजराज पोखरेल

अ अ+ अ-

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवानाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

शुक्रवार ललितपुरमा सरोकारवालाहरूसँग निर्वाचन आयोगको छलफल कार्यक्रममा बोल्दै उनले एआईलाई कानूनी दायरामा ल्याउँदै यसको नियमन आवश्यक रहेको बताए । उनले एआई टुल्सको प्रयोगमार्फत अनुसन्धान केन्द्र र प्रयोगशालाबाट गलत तथा भ्रामक सामग्री पहिचान गर्ने प्रणाली विकास गर्नुपर्ने उल्लेख गरे। एआईबाट सिर्जना गरिएका सामग्रीमा एआईको भूमिका कस्तो छ भन्ने पहिचान गर्न नमूना परीक्षणसमेत गर्नुपर्ने उनको भनाइ छ ।

पोखरेलले डिजिटल शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले बेलायतजस्ता विकसित देशमा पूर्वप्राथमिक तहदेखि नै डिजिटल शिक्षा दिन थालिएको उल्लेख गर्दै यसको प्रभावकारी नियमन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालले पनि अध्ययन गर्नुपर्ने बताए । उनले निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरण पनि अहिलेको निर्वाचन रणनीतिमा समेटिएको जानकारी दिए।

उनले भने, ‘निर्वाचनमा पनि एआईको दुरुपयोग गरी हुने प्रचारको चुनौती छ । एआईलाई अब कानूनी रूपमा व्यवस्थित गर्दै लैजानुपर्छ । वाटर मार्कहरू सबै राख्नेदेखि, हेभी पेनाल्टी गर्ने व्यवस्था गर्नुपर्छ । एआई टुल्सलाई समेत प्रयोग गरेर रिसर्च सेन्टरहरू, ल्याबहरूबाट कस्ता सामान गलत हुन् भनेर पहिचान गर्ने, त्यसभित्रमा पनि एआईको के रोल छ भन्ने गरी उनीहरूको एउटा स्याम्पल हेरेर प्रयोग गर्नुपर्छ । कतिपय देशहरूले सम्पन्न देशले इंग्ल्याण्डले प्रि स्कुलदेखि नै डिजिटल एजुकेसन दिन थालेको छ । यसलाई कसरी नियमन गर्न सकिन्छ, यसबारे हामीले खोज्नुपर्छ । निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरण अहिलेको रणनीतिमा पनि छ ।’

उनले निर्वाचन शिक्षालाई अझै विस्तार गर्दै लैजानुपर्ने बताए । निर्वाचन सुरक्षाको काम सुरक्षा निकाय र राजनीतिक दलहरूले नै लिनुपर्ने उनको भनाइ छ । संघीय, प्रदेश र स्थानीय तहबाटै खर्च व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्ने बताए ।

0 Comments