१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागिता हुनुपर्नेमा मन्त्री बादीको जोड

अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्न आउने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न आग्रह गरेकी छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको साझा उत्सव भएकाले खेल अवलोकनका लागि आउने सबै वर्गका नागरिकको सहज सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन्। उनले प्रतियोगिता स्थलमा आवश्यक व्यवस्थापन र पहुँचमैत्री वातावरण निर्माण गर्नसमेत जोड दिइन् ।

कर्णाली प्रदेशकी छोरीका रूपमा आफ्नै प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै मन्त्री बादीले प्रतियोगिताका कारण कर्णालीमा उत्सव र पर्वको जस्तै माहोल सिर्जना भएको बताइन् । उनले प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने आयोजक, खेलाडी, सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोभिता गौतम तथा कर्णाली प्रदेशका मुख्यमन्त्रीको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनपछि मन्त्री बादीले प्रतियोगिता सञ्चालन भइरहेको खेलमैदानको अवलोकन गर्नुका साथै बक्सिङ खेल प्रत्यक्ष रूपमा हेरेकी थिइन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेलकुद विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा राष्ट्रियस्तरमा प्रदेशको पहिचान प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

0 Comments