२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा हिमपात, असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात बन्द

अ+ अ-

बैतडी । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।

हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाइएको छ । जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् भने यहाँ सञ्चालित रेडियो प्रसारण तथा अन्य सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन् ।

यसैबीच बैतडीमा बुधबार पनि असिना, वर्षासँगै हिमपात भएको छ । हिमपातले यहाँका राजमार्गसमेत अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ । अनारखोली, खोड्पेलगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जनाकारी दिए ।

यसका साथै मोतीनगर, ढोल्यामोड, बित्थड, देउलेकलगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यसअघि मङ्गलबार पनि हिमपात भएको थियो । हिमपातले मङ्गलबार पनि राजमार्ग अवरुद्ध भएका थिए । हिमपातले अत्यधिक चिसो बढेकाले जनजीवन पनि प्रभावित भएको छ ।