२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोरोगी आमाको उद्धार

अ+ अ-

काठमाडौं । ‘कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ’, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाइन् ।

कतिबेला राम्रो कुरा गर्ने र कतिबेला होस हराएजस्तो फरक प्रसङ्ग जोड्ने चण्डिकालाई छोराले छाडेको झण्डै सात महीना भएको छ । बूढानीलकण्ठस्थित सानो टहरोभित्रको एउटा कोठामा बस्ने उनी छोराले छाडेपछि कोठाभित्रै दिसापिसाब गर्दै आएकी छिन् ।

कोठाको भाडा र केही खानेकुरा छिमेकी युवराज बुढाथोकीले दिन्थे ।’कुनै बेला नाङ्गै पनि हुनुहुन्थ्यो, छोरो पनि आमा छाडेर कता भाग्यो थाहै भएन, त्यसपछि हेर्ने मान्छे नै नभएर मैले नै सहयोग गर्थे’, बुढाथोकीले भने ।

आज बिहान बूढानीलकण्ठस्थित उक्त टहरोभित्रको कोठामा उनी उभिएर लुगलुग काम्दै गरेको अवस्थामा थिए । उनका अनुसार जेठो छोरो बालकोटमा बस्छन् । कान्छो छोरा सन्तोषले पाल्दै आएका थिए ।

‘कोठामा पानीको थोपो छैन, पकाएर खुवाउने मान्छे नि छैन, त्यतिकै बस्छु’, अनायासै उनले कुराहरू सुनाउँदै गए । ‘ल जाम आमा अब हाम्रो घर’ मानवसेवा आश्रमकी अभियानकर्मी सन्तोषी मगरले भनिन् ।’जान त जानी, मेरो सामान चाहिँ लानुपर्छ है’, उनले भनिन् । पिसाबले भिजेका सिरकडसना थियो । थोत्रो कपडामा थिइन् । वर्षाैसम्म ननुहाएका कारण कपाल गुजुल्टिएर डल्लो परेको थियो ।

‘सामान पछि ल्याउँला है, अहिले हजुर चाँहि हिँड्नू, जाम’, अभियन्ता मगरको भनाइ टुङ्गिन नपाउँदै उनले जिद्दी गर्दै भने, ‘दुःख सास्ती गरी जोडेको सामान छोड्दा पछि हामीलाई आँशु लाग्छ, श्राप लाग्छ, कहिल्यै केहीको मुख देख्न पाइँदैन, लिएरै जानुपर्छ ।’सामान ल्याउने शर्तमा उनी मानवसेवा आश्रममा जान तयार भइन् । ‘मेरो मनै बिगार्देको छ, नदेखेको शत्रु बाबु बराबर भन्छन्, कुनै कुरा मनमै नरहनी, मन थिरै नहुने हुन्छ के’, उनले गुनगुनाए ।

स्थानीयका अनुसार चण्डिकालाई मनोरोग लागेको १४ वर्ष भयो । रोग लागेकै कारण परिवारले उनीलाई छाडे । श्रीमान्ले अर्को बिहे गरे । एकजना ठेकेदारकहाँ काम गर्थे छोरा सन्तोष । एकदिन उनकी आमा फेला पारेपछि ठेकेदारले नै सन्तोषलाई भनेर आमा छोरासँगै राखिदिएका थिए । सात महीनाअघि छोराले छाडेपछि उनी एक्लै भइकी थिइन् ।

उनको भाडा र खानेकुरा सहयोग गर्दै आएका स्थानीय बुढाथोकीलाई कति दिन यसरी राख्ने भनेर चिन्ता लाग्यो । छिमेकी गङ्गादेवी श्रेष्ठलाई सबै कुरा बताएपछि मानवसेवा आश्रमको बारेमा थाहा पाएर उद्धारको प्रयास थालिएको थियो ।

‘यही माघ ११ गते मैले आश्रममा गएर घटनाबारे जानकारी गराएँ, आश्रम उद्धारमा इच्छुक भयो’, गङ्गादेवीले भनिन्, ‘यो विजोग देख्नुभन्दा उद्धार हुन पाए राम्रो हुन्थ्यो भन्ने लागेको थियो, आज उद्धार भएकोमा धेरै खुशी छु ।’ कतिबेला नाङ्गै देखेपछि आफूले नै कपडा फेरिदिने गरेको उनले बताइन् ।

आज मानवसेवा आश्रम काठमाडौँका संयोजक सुमन बर्तौला, अभियानकर्मी जमिर श्रेष्ठ र सन्तोषी मगर, समाजसेवी एवं पशु अधिकारकर्मी बीना पन्तको सहभागितामा उनीलाई उद्धार गरेर बूढानीलकण्ठस्थित आश्रममा लगेर राखिएको छ ।

आश्रमले यस्ता मनोरोगी तथा घरैमा साङ्लाले बाँधिएर बस्न बध्य भएका, सडकमा बेवारिसे अवस्थामा रहेकालाई उद्धार गरेर संरक्षण गर्दै आएको छ । धेरैलाई उद्धार गरेर उपचारपश्चात् निको पारी परिवारमा पुनःस्थापित गरिएकाले उनीलाई पनि पुनःस्थापितको प्रयास गरिने बर्तौलाले बताए। यसरी उद्धारमा सुरक्षाकर्मी तथा स्थानीय तहको महत्वपूर्ण सहयोग रहने गरेको उनको भनाइ छ ।